गण्डकीमा थप ४ जना संक्रमितको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

गण्डकीमा थप ४ जना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ जनासहित ४ को मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा–२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनीमा बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । यस्तै पर्वतकै जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्