Logo
Logo

‘हाललाई ५० लाख डोज खोप खरिद गर्न सम्भव छैन’


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल सेराम इन्स्टिच्युटसँग ५० लाख डोज खोप खरिद गर्न सम्भव नभएको जनाएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि दिने कम्पनीले जनाएको छ ।

शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई प्राथमिकतामा राखेको उल्लेख छ ।

कम्पनीमा केही दिनअघि आगलागी हुनुका साथै क्षमतामा विस्तारमा अवरोध भएको भन्दै कम्पनीले क्षमता विस्तार हुनेवित्तिकै आपूर्ति गर्ने जानकारी गराएको मन्त्रालयले जनाएको छ । ‘थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई छैन’ मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्