शोभाकान्त ढकालसँग धरौटी लिनेबारे न्यायाधीशको राय बाझियो « Drishti News – Nepalese News Portal
Logo
ललिता निवास जग्गा घोटाला प्रकरण

शोभाकान्त ढकालसँग धरौटी लिनेबारे न्यायाधीशको राय बाझियो


दृष्टि संवाददाता


काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणका थुनामा रहेका शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका न्यायाधीशको राय बाझिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई बीचमा धरौटी लिनेबारे
राय बाझिएको हो । न्यायाधीसशको राय बाझिए पछि ढकालको मुद्दामा निर्णय हुन सकेन ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए । तर, अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि उक्त मुद्दाबारे निर्णय हुन नसकेको हो । विशेष अदालतले २०७७ माघ २८ मा ढकाललाई थुनामा राख्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्