Logo
Logo

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५० जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्