प्रधानन्त्रीका विश्वासपात्र पोखरेल शीतल निवासमा « Drishti News – Nepalese News Portal
Logo

प्रधानन्त्रीका विश्वासपात्र पोखरेल शीतल निवासमा


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीसँग भेटवार्ता गर्न नेकपा एमालेका महासचिव ईश्वर पोखरेल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । यसै क्रममा एमाले महासविच पोखरेल शीतल निवास पुगेका हुन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत मावधकुमार नेपाल समूहलाई फकाउन थालेका छन् । माधव समूहले ओलीलाई विश्वास गर्न छोडेपछि राष्ट्रपति नै परितालित भएका हुन् ।

यसै बिषयमा थप छलफल गर्न ओलीले आफ्ना विश्वास पात्र तथा पार्टीका महासचिव पोखरेललाई राष्ट्रपति कार्यालय पठाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्