Logo
Logo

सरकारले चीनबाट चार सय अक्सिजन सिलिन्डर ल्याउँदै


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन लागेको हो ।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर दिन लागेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डरको सङ्ख्या ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्