Logo
Logo

नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।


शनिबार अमेरिकी टेलिभिजन सीएनएनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघलगायतका निकायलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको बताउँदै उनले अहिलेसम्म नेपालको परिस्थिति नियन्त्रणमा रहेको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले भाइरसबाट जोखिम वर्गलाई जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस्