Logo
Logo

भुवनले कोरोना करहमै ल्याए ‘म मरेपनि चुरा पोते’


दृष्टि संवाददाता


काठमाडौं । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई केही वर्षदेखि अमेरिकामा रहेर पनि नेपाली गीतसंगीत क्षेत्रमा निरन्तरता दिँदै आएका छन् । गीतसंगीत प्रति सदैव लगाव राख्दै आएका भुवनको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार भुवनको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बोलको गीत सार्वजनिक भएको हो । भुवनले संगीत दिएको यस गीतमा स्वर नेपाल आइडबाट उदाएका गायक प्रवीन बेडवालको स्वर रहेको छ ।

खेमराज राईले लेखेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन् भने किरोश थापाको मिक्सिङ गरेका छन् । गीत युट्युब च्यालन ‘परी सिनेसंगीत’मार्फत बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्