Logo
Logo

धारै नखोली कहाँ भरिन्छ गाग्री (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । ‘धारै नखोली’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विधान कार्कीको निर्देशन रहेको भिडियोमा नेपाली चलचित्र क्षेत्रका तीन कलाकार नायिकाद्वय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको यस भिडियोमा अमेरिकामा बस्ने गायक रोशनले पनि अभिनय गरेका छन् । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन छ । विधानले डान्सिङ नम्बरमा कलरफुल भिडियो तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्