Logo
Logo

औषधिमा कालाबजारी गरेको आरोपमा तिवारी पक्राउ


दृष्टि संवाददाता


पर्सा । वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई औषधिमा कालाबजारी गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ ।
तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । तिवारीले घरर्मै औषधी पसल चलाउँदै आएका छन् ।
प्रहरीका अनुसार तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको छ । तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर समेत बरामद गरेको छ । उनलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्