Logo
Logo

आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जना मजदूरको मृत्यु


सिन्ह्वा


नयाँदिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ ।


अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानीभित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ ।
दुर्घटनालगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्