Logo
Logo

काँकरभिट्टामा सेनाले एक हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउँदै


दृष्टि संवाददाता


झापा । पुर्वी नाका काँकरभिट्टामा नेपाली सेनाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने भएको छ ।

शनिबार बसेको झापा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी काँकरभिट्टा नाका नजिक सेनाले १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको हो ।

होल्डिङ सेन्टर अर्ध–स्थायी प्रकृतिको हुनेछ। होल्डिङ सेन्टर बनाउनका लागि मेचीनगर नगरपालिका वडानम्बर ६ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय समेत डीसीएमसीको बैठकले गरेको छ ।

डीसीएमसीको बैठकले निर्माण सामग्री बोकेका सवारी साधनलाई विहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ ।
यस्तै, एम्बुलेन्स, शव–वाहन लगायत अन्य कुनै पनि सवारी साधनहरुले तोकिएकोभन्दा बढी भाडा असुली गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्