Logo
Logo

संवैधानिक परिषद बैठक स्थगित गर्न माओवादीको माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थागित गर्न माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले भाग नलिने भनिसकेको भन्दै बैठक स्थागित गर्न माग गरेका हुन् ।

विज्ञप्ति मार्फत अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको समेत आरोप लगाएका छन् । त्यस्तै, लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक संवैधानिक परिषदकाे बैठकमार्फत स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।

बैठक स्थागित गर्न माग गरेको माओवादीले प्रमुख प्रतिपक्षी दल र सभामुख समेत बैठकमा सहभागी नहुने भनिसकेकाले अन्य सदस्यलाई पनि सहभागी नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्