Logo
Logo

ठाकुरले किन लगे महत्तोलाई बुढानलिकण्ठ ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि अन्य दलमा दौडधुप बढेको छ । प्रतिपक्ष नेपाली कांग्रेसले सरकारलाई मत नदिने बताइसकेको छ ।

यसैक्रममा जनता समाजवादी पार्टी (जसपा)को पनि दौडधुप चलिरहेको छ । आज आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतको समर्थन जुटाउन ठाकुरले महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको स्रोतको भनाइ छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा छन् ।

तर, जसपामै प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा दुईटा स्पष्ट धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष ठाकुर पक्षमा छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच बनाएको छ । यस्तो अवस्थामा तटस्थ बस्नका लागि महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादवलाई पनि दवाव दिइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्