Logo
Logo

बाँकेमा थप आठ संक्रमितको मृत्यु


दृष्टि संवाददाता

567
Shares

राँझा । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको मृत्यु भएको छ । गए राति भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000