Logo
Logo

मत नदिने बरु तटस्थ बस्ने जसपाको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तथस्थमा बस्ने निर्णय गरेको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफलपछि सीधै बालुवाटार छिरेका जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विश्वासको मत नदिने’ बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँग भेटमा उनले विश्वासको मत नदिने आफूहरु तटस्थ बस्ने जानकारी गराएका जसपाका एक नेताले बताए । उनका अनुसार सभापति देउवासँग पनि तटस्थ बस्नेबारे छलफल भएको थियो । देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन भोलि सोमबार संसदको विशेष अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्