Logo
Logo

जसपाको पदाधिकारी बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आज पदाधिकारी बैठक बस्दैछ । जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा २ बजे पदाधिकारी बैठक बस्ने भएको हो ।

यसअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए । सो भेटमा जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । कांग्रेस सभापति देउवासँग पनि उनीहरुले आफूहरु तटस्थ बस्ने बताएका थिए ।

सत्ता समीकरणलाई विषयलाई लिएर जसपाका विवाद छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले यसअघि नै प्रधानमन्त्री ओलीको विपक्षमा उभिँदै आएका छन् । तर, अध्यक्ष महन्थ ठाकुरले भने ओलीको पक्षमा उभिँदै आएका छन् ।

सत्ता समीकरणकै विषयलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक समेत बस्न नमानेपछि अर्का अध्यक्ष यादवले कार्यकारिणी समितिको छुट्टै बैठक बसाएको थियो ।

आज बस्ने बैठकले सोमबार संसदमा प्रधानमन्त्री ओलीले लिने विश्वासको मत बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्