Logo
Logo

छलफलमा माधव पक्ष : पुरानै अवस्थामा पार्टीलाई फर्काए मत दिने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरुको आन्तरिक छलफलमा जुटेका छन् । कोभिड–१९ महामारीका कारण नेता भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यसँग छलफल भइरहेको गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसअघि नेपाल समूह छलफलमा जुटेको हो । २ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार भए विश्वासको मत दिने नेताहरुले बताएका छन् । अहिले त्यसै विषयमा छलफल भइरहेको बताइएको छ । यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मतसंख्या पुग्दैन । संसद्मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्