काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु बैठकलाई महत्वका साथ हेरिएको छ ।
संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको हो । खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् ।
माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताए ।
‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो ।’ आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको म लिँदैछन् । यदि माधव पक्षको माग पूरा भएन भने प्रधानमन्त्री ओलीमाथिको विश्वासको मत मात्र नभएर एमाले नै विभाजन हुने देखिन्छ ।