Logo
Logo

मत नदिने माओवादी संसदीय दलको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पु¥याउने निर्णय गरेको हो ।

माओवादीका सांसद देवेन्द्र पौडेलले आफ्नो तर्फबाट अविश्वास प्रस्ताव दर्ताको तयारी रहेको बताएका छन् । उनले भने, ‘तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं ।’ नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्