Logo
Logo

संवैधानिक निकायमा को-को सिफारिस भए ? (सुचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले रिक्त रहेका स्थानमा पदाधिकारी नियुक्तिका लागि सिफरिस गरेको हो ।

बैठकले लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफरिस गरिएको छ । यस्तै सदस्यहरुमा माधव बेलबासे, विरवहादुर राई, दिनेश सिलवाल, र मन्जु कुमारीलाई सिफरिस गरिएको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तहरुमा डा. हरी पौडेल र सुमित्रा अमात्यलाई सिफरिस गरिएको छ भने निर्वाचन आयोगमा सगुन शमसेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, सुधा कुमारी झालाई सिफरिस गरेको छ ।
अन्य सिफारिस गरिएको नाम यस्ता छन् ।

महिला आयोग
सदस्य : जया घिमिरे
सदस्य : सावित्रा कुमारी शर्मा
दलित आयोग
सदस्य : सुन्दर पुर्कुटी
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष : डा. रामकृष्ण तिमिल्सिना
सदस्य : पुष्पराज तिमिल्सिना
सदस्य : मानप्रसाद खत्री
आदिवासी जनजाति आयोग
सदस्य : सूर्यवहादुर गुरुङ
मधेशी आयोग
सदस्य : आभा कुमारी
थारु आयोग
सदस्य : डा.उमाशंकर चौधरी
मुस्लिम आयोग
सदस्य : मोहम्मद समसुल हक

प्रतिक्रिया दिनुहोस्