Logo
Logo

प्रधानमन्त्रीले भने, ‘म माथि हिलो छ्याप्ने काम भयो’


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानविन गरेर कारबाही गर्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै ।

अहिले जारी संसद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दैछन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए ।

उनले कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका भ्याक्सिन अनुचित ढंगले देखाउने क्रियाकलाप भएको आरोप लगाए ।
याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उनले बताए । पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो सर्त भएको बताए ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने बताए । उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए ।

‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन,’ उनले भने, ‘भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ ।’ उनले संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्