Logo
Logo

‘म हुँदाहुँदै अरु प्रधानमन्त्री बन्छ भनेर विश्वास गर्न सक्दिन’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधामन्त्रीलाई विश्वासको मत प्रयोजनका लागि आह्वान गरिएको संसद बैठकमा प्रधामन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने– ‘मलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । अहिलेसम्मको कामलाई नै आधार मानेर मलाई विश्वासको मत प्राप्त हुने कुरामा विश्वस्त छु । म हुँदाहुँदै अरु प्रधानमन्त्री बन्छ भनेर म विश्वास गर्न सक्दिन ।’

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘म माथि विश्वास छ भन्ने कुरा सम्मानित सदनले पुष्टि गरोस् भन्ने अपेक्षा राख्दछु’ भन्दै विश्वासको मत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्