Logo
Logo
राजनीति

ओली-महन्थ लेनदेनले नयाँ सरकार गठनमा सकस


प्रकाश चाम्लिङ


काठमाडौं । नयाँ सरकार गठनका लागि निर्णायक शक्ति जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित हुँदा राजनीतिक संकट बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेक्रमदेखि जसपा दुई लाइनमा देखियो ।

जसपा अध्यक्ष महन्थ ठाकुरा ओली पक्षमा खुलेर लागेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार गठन प्रकृयाम जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर यादवले सोमबार साँझ सरकार गठन प्रकृया अघि बढाउन विज्ञप्ति निकालेका लिए । तर, सोही पार्टीका अर्का अध्यक्ष ठाकुरले भने अबेर राती विज्ञप्ति जारी गर्दै आफू नयाँ सरकार गठन प्रकृयामा सहभागी नहुने घोषणा गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । संविधानको यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठन गर्नुपर्ने हुन्छ ।

अहिलेको तयारीअनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्र मतले नयाँ सरकार गठन हुन सक्दैन । कांग्रेस र माओवादीको संख्यामा उपेन्द्र यादव नेतृत्वको जसपाको संख्या जोड्दा पनि नयाँ सरकार गठनका लागि आवश्यक संख्या पुग्दैन । यदि, सिंगो जसपा नयाँ सरकार गठनको पक्षमा रहन सकेको भए नयाँ सरकार गठनका लागि मत पुग्ने थियो । जसपाको मत विभाजन हुँदा नयाँ सरकार गठन सकसपूर्ण देखिन्छ ।

के कुरामा लोभिए महन्थ ?
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुराबीच खासै राम्रो सम्बन्ध रहेको बिगत छैन । तर, पछिल्लो समय यी दुईको सम्बन्धमा अनपेक्षित निकटता देखिन्छ । यसमा दक्षिण शक्तिको भूमिका रहेको आरोप लाग्दै आएको छ । पछिल्लो समय एमसीसीको सवालमा समेत ओली र ठाकुर एकमत थिए ।

जसपा अध्यक्ष ठाकुरले भनेजस्तै ओली मधेशप्रति सकारात्मक भएको पनि होइन । मधेश आन्दोलनसँग सम्बन्धित मुद्धा फिर्ता लिने सरकारले निर्णय गरेता पनि परिणाममा देखिएको छैन । न्यायालयको क्षेत्राधिकारभित्रका मुद्धामा सरकारले निर्णय गर्दैमा कार्यान्वयन हुन्छ भन्ने हुँदैन ।

ओली–ठाकुर सम्बन्धमा एकाएक निकटता कायम हुनुमा ठाकुरको सत्ता चाहनालाई पनि लिइएको छ । पार्टी सरकार बाहिर रहेको निक्कै समय भएकाले जसरी पनि सत्तारोहण गर्ने ठाकुराको चाहना रहेको विश्लेषण हुँदै आएको छ । तर, ओली–ठाकुर गठबन्धनमा सरकार बन्न पनि सहज भने छैन ।

हेर्नुस् विज्ञप्ति

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्