Logo
Logo

सीमानाकामा भारतबाट घर फर्कनेको भीड


हिक्मत बम


कैलाली । भारतका विभिन्न शहरमा रोजगारीको क्रममा रहेका नेपाली दोस्रो लहरको कोरोनाले भयावहको रुप लिएसँगै स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर र कञ्चनपुरकोे गड्डाचौकी नाकाबाट दैनिक एक हजारबढि नेपाली घर फर्कने गरेका छन ।

भारतमा दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिँदै गएपछि त्यहाँका विभिन्न शहरमा लकडाउन छ । संक्रमणले भयावह रुप लिएपछि लकडाउन हुँदा रोजगारी गुम्नु र कुनै पनि बेला संक्रमणले भेट्ने खतराले नेपाली घर फर्कन बाध्य भएका हुन् । कोरोनाले भयावह रुप लिएपछि ज्यान जोगाउनकै लागि भएपनि स्वदेश फर्कनु परेको उनीहरु बताउँछन् ।

पछिल्लो एक महिनामा ५० हजारभन्दा बढी नेपाली त्रिनगर र गड्डाचौकी नाका हुँदै स्वदेश फर्केका छन् । भारतबाट आएकाहरुलाई स्थानीय प्रशासनले सम्बन्धित जिल्लाहरुमा पठाउने गरेको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा कडाइ गरिएको छ । नाकामा होल्डिङ सेन्टर, हेल्थ डेस्कको स्थापना गरिएको छ । भारतबाट भित्रिएकाहरुबाट संक्रमणको जोखिम बढ्ने भएकाले सीमानाकामा कडाई गरिएको हो ।

कैलालीको गौरिफन्टा, कन्चनपुरकाको गड्डाचौकी, टनकपुर ब्रह्मदेवलगायत भारतसँग जोडिएका नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । खुल्ला सीमानाकाबाट घर फर्किनेहरुले स्वास्थ्य सुरक्षका मापडण्ड नअपनाइ भित्रिदा सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्