Logo
Logo

बाबुरामद्धारा देउवा नेतृत्वमा सरकार बनाउन अस्वीकार


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गरेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले भनेका छन्– ‘सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि जसपाकै अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको बेला भट्टराईले ‘वर्तमान/पूर्व प्रम वाहेककाको राष्ट्रिय सरकार बनाऔं’ भन्नुको अर्थ देउवा अस्वीकार्य भन्ने हुन्छ ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई लाइनमा विभाजित हुँदा महन्थ ठाकुरा र राजेन्द्र महतो नयाँ सरकार गठनको विपक्षमा छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षमा देखिएका छन् । तर, भट्टराईको पछिल्लो प्रतिकृयाले जसपामा थप जटिलता थप्ने देखिन्छ । यसको सिधा असर नयाँ सरकार गठनमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्