राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा « Drishti News – Nepalese News Portal
Logo

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेका छन् ।

बुधबार ट्वीट गर्दै ‘अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्ती’का अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेका हुन् ।

ट्वीटमा भनिएको छ– ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

आज नेपालसहित विश्वभरि नै ‘नर्स ः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्