Logo
Logo

इजरायलमाथि प्यालेस्टाइनी जवाफ : २४ घण्टा नवित्दै एक सय ३० वटा क्षेप्यास्त्र प्रहार


एजेन्सी


इजरायल । इजरायल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन् ।

इजरायलले हवाइ हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएपछि त्यसको जवाफमा प्यालेस्टिनका विद्रोहीले इजरायल शहर तेल अभिभमा एक सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका बीबीसीले जनाएको छ ।

भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजामा रहेको १३ तले भवनमा आक्रमण भएको थियो ।
इजरायली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप भवनमा आक्रमण गरेका हुन् । यो क्षेत्रमा भइरहेको हिंसामा ३१ जनाको ज्यान गइसकेको छ ।
संयुक्त राष्ट्रसंघका मध्यपूर्व शान्ति दूतले इजरायल र प्यालेस्टीनका विद्रोहीबीच गाजामा चर्किरहेको संघर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्