Logo
Logo

नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कोरोना संक्रमण भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका चौलागाईंको बुधबार विहान अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिमा एमाले वागमती इन्चार्ज समेत रहेका गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री तथा एमाले वागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित थिए ।

यसअघि अस्पतालमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

नेता चौलागाईँ दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाई दोस्रो संविधानसभामा संविधान सभा सदस्य थिए । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्