काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा सरकार गठन गर्नुपर्ने डा. भट्टराईले ट्वीटमार्फत यस्तो प्रस्ताव छ ।

भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यसको मतलव उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गरेका हुन् । देउवा नेतृत्वमा सरकार गठन गर्न अस्वीकार गरेका भट्टराईले पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।
ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गर्दा सबैले सहमति जनाउनसक्ने सम्भावनासहित भट्टराईले यस्तो प्रस्ताव अघि सारेको हुनसक्ने विश्लेषण हुन थालेको छ ।
देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021












