Logo
Logo

गण्डकीमा जनमोर्चाका दुई सांसदको विद्रोह


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशका नयाँ सरकार गठनका लागि राष्ट्रिय जनमोर्चा बाद्यक बनेको छ । राष्ट्रिय जनमोर्चाका दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले पार्टीको निर्देशनलाई चुनौती दिँदै विद्रोह गरेपछि नयाँ सरकार गठन विफल भएको हो ।

जनमोर्चामा सांसद थापा र शाहीले मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई समर्थन गर्ने मनसाय प्रकट गर्दै आएका छन् । सांसद पियारी थापा भने पार्टीको निर्णयअनुसार काँग्रेस नेतृत्वको गठबन्धनकै पक्षमा खुलेर लाग्दै आएकी छन् ।

जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका आफ्ना केही सांसद बिकेको टिप्पणी गरेका छन् । उनीहरुलाई पार्टीले प्रक्रिया पु¥याएर कारवाही गर्ने अध्यक्ष केसीको भनाइ छ ।

यसअघि पार्टीले केन्द्रीय महासचिव मनोज भट्टलाई पोखरामै पठाएर विद्रोही सांसदलाई सम्झाइबुझाइ गर्ने प्रयास गरेको थियो । महासचिव भट्ट सहितको टोलीसमक्ष सांसद थापाले काँग्रेस नेतृत्वको गठबन्धनलाई आफूले कुनैपनि हालतमा समर्थन गर्न नसक्ने बताएर पार्टी निर्देशन विपरीत आफू विद्रोहमा उत्रिएको प्रस्ट संकेत गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले पनि सांसद थापाले पार्टीको निर्देशनलाई अटेर गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्