Logo
Logo

घनश्याम भुसालको स्टाटस- ओलीविरुद्ध विद्रोहकाे संकेत


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता धनश्याम पुसालले संविधान जारी हुँदा र प्रतिनिधिसभा पुन:स्थापना हुँदा असफल भएका शक्ति फेरि प्रतिनिधिसभा विघटन गराएर बदला लिन खोजिरहेको बताएका छन् ।

नेता भुसालले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन– ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

नेता भुसालले झलनाथ–माधवलाई गाली गरेर नेकपा एमाले विभाजन गर्न खोएिको समेत लेखेका छन्- ‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्षमा रहेको माधवकुरमा नेपाल समूह निर्णायक मोडमा पुगेको छ । ओलीले जे भने/गरे पनि मानेर बस्ने या विद्रोह गर्ने भन्नेमा माधव समूह ठूलो दुविधा देखिन्छ । तर, यो समूहका महत्वपूर्ण सदस्य मानिएका भुसालले भने विद्रोह गर्ने संकेत गरेका छन् । भुसााल लेख्छन्- ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

भुसालको यो धारणाले नयाँ सरकार गठनका क्रममा माधवसमूहद्धारा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह हुने र शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नसक्ने संकेत गर्छ ।

स्टाटस पढाैं-

प्रतिक्रिया दिनुहोस्