बाँके । बाँकेमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १२ घण्टाको बीचमा यी संक्रमितले ज्यान गुमाएका हुन् ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको तेज ओलीका अनुसार मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्यान र कैलालीका हुन् ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर–१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८ः ३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर–५का ४४ वर्षीय पुरूषको बुधबार विहान ६ः ३० बजे मृत्यु भएको छ ।
यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका–२ की ३० वर्षीया महिलाको मंगलबार राति ९ः ३० बजे, बाँकेकै कोहलपुर–१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १ः ३० बजे, कोहलपुर–११का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर–१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार ५ः३० बजे मृत्यु भएको छ ।
यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया–९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका–६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८ः ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।
यस्तै बनगाड कुभिन्डे–६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८ः ३० बजे मृत्यु भएको छ भने घोडाघोडी–१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४ः ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।