Logo
Logo

‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ’


दृष्टि संवाददाता


काठमाडौं । भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ले नेपालको पछिल्लो राजनीति अवस्थाबारे विवादास्पद टिप्पणी गरेको छ । पत्रिकाले आफ्नो अनलाइन संस्करणका प्रकाशित सम्पादकीयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको समर्थन रहेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी निटक मानिने उक्त पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएपनि भारत ओलीको पक्षका रहेको उल्लेख गरेको छ ।

साथै, जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीलाई सहयोग गर्न तटस्थ बस्न भनेको समेत उल्लेख गरेको छ । सम्पादकीयमा लेखिएको छ, ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ ।’

पत्रिकाले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका कारण प्रधानमन्त्रीले विश्वासको मत नपाएका जनाएको छ ।

उक्त सम्पादकीयमा भनिएको छ, ‘नेकपा एमालेकै एक समूह प्रधानमन्त्रीको विरोधमा रहेको उल्लेख गर्दैै कोरोना महामारीबाट देश आक्रान्त बनेको समयमा भएको राजनीतिक घटनाले नेपालमा झनै तनाव बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्