Logo
Logo

युनिभर्सलले अक्सिजनसहित उपचार दिन नसक्ने


दृष्टि संवाददाता


बुटवल । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार (आज) दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले यस्तो बताएको हो ।

अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको बताउँदै अहिले मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएको विज्ञप्तिमार्फत उल्लेख छ ।

विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ताअघिदेखि मागअनुसार अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्