Logo
Logo

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही


दृष्टि संवाददाता


काठमाडौं । पार्टीको ह्वीप नमानेपछि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश भास सदस्य कृष्ण थापालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपाली पाेखरेललाई भोट दिन नमानेपछि सांसद थापालाई पार्टीले कारवाही गरेको हो ।

पार्टीको निर्णय नमानेका कारण उनलाई कारबाही गरिएको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिएका छन् । कारवाहीमा परेका थापा जनमोर्चाका संसदीय दलको नेता थिए ।

प्रतिक्रिया दिनुहोस्