Logo
Logo
गण्डकी प्रदेश

बहुमतिसहित सरकार गठनका लागि चार दलको दाबी


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमतसहित चार दलले पेस गरेको दाबी दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनका लागि गरेको दाबी प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको हो । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको छ ।

दुई वा दुईभन्दा बढि दल मिलेर सरकार बनाउने संवैधानिक प्रावधानअनुसार नयाँ सरकारको दाबी गर्दै चार दलले सरकार गठनको दाबी गरेको हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि तीन दिनभित्र बहुमतको सरकार दाबी गर्न प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समयसीमा आज बुधबार ४ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्