Logo
Logo
गण्डकी प्रदेश

जनमोर्चाका अर्का सांसद पनि तटस्थ, बहुमतको सरकार गठनमा संकट


दृष्टि संवाददाता


काठमाडौं । गण्डकीमा बहुमतसहित सरकार गठन गर्ने दाबी गरेको कांग्रेस नेतृत्वको गठनबन्धन संकटमा परेको छ । गठबन्धमा आवद्ध राष्ट्रिय जनमोर्चाका अर्का सांसद खिमविक्रम शाही समेत तटस्थ रहने भएका छन् । शाहीले विज्ञप्ति जारी गर्दै आफू तटस्थ रहने बताएका हुन् ।

शाही तटस्थ रहेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनको बहुमत नपुग्ने देखिन्छ ।

यसअघि जनमोर्चाकै सांसद कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्