Logo
Logo

पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त


दृष्टि संवाददाता


पोखरा । विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

चार दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा बहुमत नपुगेपछि प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका दुई सांसद कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु तटस्थ रहेको भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेस नेतृत्वको नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित गठबन्धनकाे दावी अस्वीकृत भयाे ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

गुरुङले तीन दिन अगाडि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री सुब्बाले आजै सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्