Logo
Logo

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीबाट १ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । हाँस्यकलाकार तथा समाजसेवीद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगगशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहीबार धुर्मुस–सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।
सुबिहानीको जन्मदिनको अवसरमा धुर्मुस–सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रंगशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रंगशालाका लागि सहयोग गर्न चाहान्छौं’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’
धुर्मुस–सुन्तली छोरी जन्मिएको ८ महिना पछि नै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस–सुन्तलीले आफ्नी छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर, यसपालि छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ ।
हाल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को फिल्डको काम भइरहेको छ । केही समयमै रंगशालाको डिपिआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुसले बताए ।

प्रतिक्रिया दिनुहोस्