Logo
Logo

सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ । स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु उनीहरूको ट्राभल एजेन्सी सेभेन समिटले जनाएको छ ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए । उनले साउथ समिटमा अन्तिम सास फेरेका हुन् ।
त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो ।

उनी हिलारी स्टेपसम्ममात्र पुग्न सफल भएका थिए । त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले बचाउन नसकेको सेभेन समिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्