Logo
Logo

नेता भट्टराईले भने, ‘गल्ती सच्याउनु राम्रो हो’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधव नेपालसहित चार नेताको कारबाही फुकुवालाई नेता योगेश भट्टराईले सकारात्मक रुपमा लिएका छन् ।

नेता भट्टाराईले सामाजिक सञ्जालमा ट्वीटर स्टाटस लेख्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ ।’

बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि नेता नेपाल पक्षलाई फकाइरहेका छन् । बैठकमा अध्यक्ष ओलीले नै माधवलगायतका नेताको कारबाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्