Logo
Logo

ओलीलाई विशेष अधिकार


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले तत्काल गर्नुपर्ने निर्णयको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको हो ।

यो अधिकारसँगै असन्तुष्ट माधवकुमार नेपाल समूह लगायतसँग छलफल गर्न र निर्णय लिन ओलीलाई सहज भएको छ । उक्त बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बन कारबाही फुकुवा गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्