Logo
Logo

देउवा भेट्न बुढानीलकण्ठ पुगे ठाकुर र महत्तो


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन बूढानीलकण्ठ पुगेका छन् । ठाकुर र महत्तोले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन देउवासँग छलफलका लागि उनको निवास पुगेको हुन् ।

गठबन्धन सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको समयसीमा सकिँदै गर्दा जसपाका अध्यक्ष ठाकुरले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको छ । स्रोतका अनुसार ठाकुरको नेतृत्वमा गठबन्धन सरकार बनाउन कांग्रेस सभापति देउवालाई प्रस्ताव राखेको हो ।

स्रोतका अनुसार महन्थ ठाकुरको नेतृत्वमा सरकार गठन गर्न पहल थालिएको र त्यसका लागि कांग्रेस सभापति देउवासँग छलफल भइरहेको छ । तर, देउवाले पनि आफ्नो नेतृत्वमा सरकार गठन हुनपर्ने अडानमा रहेका छन् ।

प्रधानमन्त्रीको दावीसहित देउवाले राष्ट्रपतिसमक्ष दावी पेस गर्ने तयारी गरेका छन् । यसैबेला जसपाका अध्यक्ष ठाकुर र नेता बिहीबार देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । उनीहरुबीच के छलफल भयो, त्यो बाहिर आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्