Logo
Logo

वर्ल्डलिङ्कका निर्देशक जलानको निधन


दृष्टि संवाददाता


काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको मृत्यु भएको छ । कोभिड संक्रमण भइ मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो ।

४६ वर्षीय जलान गत १८ वैशाखमा अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था पछिल्ला दिनहरुमा सुधारोन्मुख रहेको अस्पतालले जनाएको थियो । बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।

वैशाख १५ गते नर्भिक अस्पतालमा परीक्षण गराउँदा उनीमा कोभिड १९ संक्रमण देखिएको थियो । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)का वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्य समेत रहेका जलान वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवालका मामाका छोरा हुन् । उनका श्रीमतीको साथमा एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्