Logo
Logo

‘२ जेठ २०७५ को अवस्था’ माधव पक्षको बटमलाइन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली आफेनो शर्त मान्न तयार भएमात्र सहमति हुने जनाएको छ । नेपाल पक्षले ओलीसँग सहमतिका लागि पार्टी २ जेठ जेठ २०७५ को अवस्थामा फर्कनुपर्ने आफ्नो बटमलाइन बनाएको छ ।

नेता नेपाल पक्षको स्थायी कमिटीका नेताहरुको अध्यक्ष ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताए । बिहीबार भर्चुअल माध्यममा भएको स्थानी कमिटी बैठकले पछि ती नेताले भने, ‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ ।’

प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधवकुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस्