काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले १३ जना सांसदलाई लिए एक रिसोर्टमा पुगेका छन् । उनी आफू पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा राखेको बताइएको छ ।

बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदहरुसँग केही क्षण छलफलपछि १३ जना सांसदलाई लिए ठाकुर भक्तपुर पुगेको स्रोतको भनाइ छ । त्यहाँ को को सांसद छन्, त्यो खुलाइएको छैन ।
सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतोले साथ दिएका बताइएको छ । तर, कुन रिसोर्टमा हो भन्न नमिल्ने स्रोतले बतायो ।












