Logo
Logo

पूर्ण लिम्बूले खोले संखुवासभामा ढाका बुनाई तालिम केन्द्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । गायक तथा समाजसेवी पूर्ण लिम्बूले संखुवासभाको चैनपुर नगरपालिका–४ मा त्यहाँका स्थानीय महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्दश्यले तीन महिने ढाका बुनाई तालिमको सुरुवात गरेका छन् ।
‘गोर्खा पिस फाउन्डेसन’ युके र ‘जिपी’सँगको सहकार्यमा लिम्बुले रोजगारमूलक तालिमको सुरुवात गर्दै भने, ‘संखुवासभाका महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको व्यवस्था गरेको हुँ ।’ यस तालिमबाट त्यहाँका सयौँ स्थानीय महिलाका लागि रोजगारको बाटो खुल्ने उनको विश्वास छ ।
भूपू बेलायती सैनिकसमेत रहेका लिम्बूले एक दशकदेखि नेपालमा सामाजिक सेवाका काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्