आजै प्रधानमन्त्रीले ‘गोदावरी सनराइज’को उद्घाटन गर्दै « Drishti News – Nepalese News Portal
Logo

आजै प्रधानमन्त्रीले ‘गोदावरी सनराइज’को उद्घाटन गर्दै


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिनेवित्तिकै ललितपुरको गोदावरीस्थित ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । बिहीबार ४२औँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएका प्रधामन्त्री ओलीले आज साढे दुई बजे सपथ ग्रहण गर्दैछन् ।

कोरोना महामारीबीच धरहरा उद्घाटन गरेपछि ओलोचित भएका प्रधानमन्त्री ओली आज उद्घाटन गर्ने सभाहलमा एकैपटक तीन हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सकिनेछ । यो मुलुककै पहिलो अत्याधुनिक भवन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको उक्त आधुनिक र प्रविधियुक्त केन्द्र निर्माणमा कोभिडको प्रभावमा परेपनि तोकिएको समयमा सम्पन्न भएको हो ।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहका अनुसार लगातार काम हुँदा सहज रुपमा यो कार्य सम्पन्न भएको बताउँदै आज द्घाटन हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलन केन्द्र विहान उदघाटन गर्ने तयारी रहेको भए पनि सपथको कारण दिउँसो चार बजेलाई सरेको हो ।

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस् भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणको कार्य अघि बढेको हो । ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रका लागि सरकारले ८१ करोड खर्चेको छ ।

प्रतिक्रिया दिनुहोस्