सरकार गठनमा असफलताबारे बुढानीलकण्ठमा समीक्षा « Drishti News – Nepalese News Portal
Logo

सरकार गठनमा असफलताबारे बुढानीलकण्ठमा समीक्षा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन बन्ने भएपछि विपक्षी दलहरु आगामी रणनीति बनाउन छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्ने बेलमा विपक्षी दलहरु अहिले काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जुटेका हुने । छलmलमा काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाएका छन् ।

उनका अनुसार बैठकमा काँग्रेसबाट, देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

आजको विपक्षी दलको यस बैठकले वैकल्पिक सरकार निर्माणमा सफल हुन नसक्नुका कारणबारे समीक्षा भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्